नेप्सेमा थप २९ लाख ४७ हजार कित्ता बोनस शेयर सूचीकृत
१२ चैत्र २०७९, आईतवार १५:१५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।
बैंकको ३ प्रतिशत दरका कुल २९ लाख ४७ हजार ७५५ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।