नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो नाममा रहेको १९ वटा सवारी साधन लिलाम गर्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरु लिलाम गर्ने भएको छ । बैंकले साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा रहेको सवारी साधन तथा जेनेरेटरहरु हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने जनाएको हो ।
बैंकले हुण्डाई सेन्ट्रो ‘जीएल प्लस’ दुईवटा, हुण्डाई आई १० म्याग्ना, किया पिकान्टो दुईवटा, मारुती ओम्नी भ्यान दुईवटा, टाटा मोबाइल डीएल क्रिउ क्याब, टाटा इन्डीका, हुण्डाई सेन्ट्रो जीएलएस, प्ल्याट पुन्टो, टाटा सुमो गोल्ड एक्स, महिन्द्रा बोलेरो एलएक्स, हिरो होण्डा स्प्लेण्डर तीनवटा, हिरो होण्डा स्प्लेण्डर प्रो, हिरो होण्डा ग्ल्यामर र हिरो होण्डा सुपर स्प्लेण्डर गरी कुल १९ वटा सवारी साधन बिक्री गर्न लागेको हो ।
साथै बैंकले किरलोस्कार १२५ केभीए जेनेरेटर समेत लिलामीमा ल्याएको छ । बैंकको सो सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति कम्पनी वा फर्मले चैत २४ गतेसम्म बैंकको प्रधान कार्यालय दरबारमार्ग स्थित सामान्य प्रशासन विभागमा सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।