नेपाल पुनर्बीमाबाट दुई जना सञ्चालक हटाउने योजनामा बीमा प्राधिकरणका अध्यक्ष सिलवाल, लघुबीमाको लाइसेन्सबारे प्रम प्रचण्ड सशंकित

२९ चैत्र २०७९, बुधबार १२:१६

काठमाडौं । तत्कालिन बीमा समितिको अध्यक्ष पदमा नियुक्ती भएदेखि नै नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीका विरुद्धमा षडयन्त्र गर्दै आएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पछिल्लो पटक सो कम्पनीका दुई जना सञ्चालकलाई हटाउन चलखेल गरिरहेका छन् ।

नेपाल सरकारका तत्कालिन अर्थ सचिव विद्याधर मल्लिकले भृकुटी कागज कारखाना गोल्छा ग्रुपलाई बिक्री गरेका थिए । त्यसपछि सो उद्योग अहिले जिर्ण अवस्थामा छ । उही २०५६ सालको बहुदलीय संसदीय व्यवस्थामा नेपाली उद्योग धरासायी बनाएकै शैलीमा नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने नियतसाथ लागि परेका थिए । सो क्रममा अध्यक्ष सिलवालले नेपाल पुनर्बीमाका विरुद्धमा दर्जनभन्दा बढि निर्णय गराईसकेका छन् ।

पछिल्लो पटक नेपाल सरकार र नेपाली बीमा कम्पनीहरुको मुख्य शेयर लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीमा रहेका दुई जना सञ्चालकलाई हटाएर आफू अनुकूलका डिफ्याक्टोहरुलाई सञ्चालक बनाएर लैजाने नयाँ डिजाई सुरु गरेका छन् ।

त्यसको लागि बीमा ऐन २०७९ को गलत व्याख्या गरेर एउटा बीमकको सञ्चालक अर्को फरक किसिमको बीमकमा सञ्चालक बन्न नपाउने भन्दै पत्राचार गराएका छन् । बीमा प्राधिकरणले गरेको पत्राचारमा कुनै पनि सञ्चालकहरुलाई राजिनामा गर्न नभनिए पनि अध्यक्ष सिलवालले टेलिफोन गरेर राजिनामा दिन दवाव दिइरहको बुझिएको छ ।

अध्यक्ष सिलवालको कोपभाजनमा परेर बन्द गर्ने षडयन्त्रमा परेको नेपाल पुनर्बीमा कम्पनीका दुई जना सञ्चालक हटाउनलाई बीमा क्षेत्रका ११ जना भन्दा बढि सञ्चालकहरुर्ला बलि चढाउन लागेका छन् । तर, निर्णय गैर कानुनी भएको तथ्य यसअघि बीमापोष्ट गरिसकेको छ ।

जबरजस्ती, ऐनको गलत व्याख्या गरेर नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकहरु हटाएर डिफ्याक्टो नियुक्त गर्न खोजिरहेका सिलवालले पछिल्लो पटक विवादास्पद लघुबीमाको लाइसेन्स वितरण गरिरहेका छन् । भ्रष्टाचारविरुद्धमा शून्य सहनसिलताको नीति अवलम्वन गर्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको पालामा पहिलो पटक चार वटा लघुबीमा कम्पनीको लाइसेन्स वितरण भएपछि बालुवाटार समेत आश्चर्यमा परेको विश्वस्त सूत्रले जनाएको छ ।

यसअघि जनार्दन शर्माको पालामा घुस सेटिङमा वितरण गर्न लागिएका सबै काम रोक्ने दृढतामा रहेका प्रधानमन्त्री प्रचण्ड बीमा समितिले हालै वितरण गरेको चार वटा लाइसेन्सको सम्बन्धमा आश्चर्य व्यक्त गरेको छ । सो विषयमा प्रधानमन्त्री प्रचण्डले आशंका व्यक्त गरेको जनाइएको छ ।

 

बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*