बीमा कम्पनीका सञ्चालकहरुलाई राजिनामा दिन प्राधिकरणका अध्यक्ष सिलवालको धम्की

लिखित रुपमा पठाएको पत्रमा उल्लेख छैन राजिनामा दिनुपर्ने शब्द, टेलिफोन गरेर राजिनामाको लागि दवाव
४ बैशाख २०८०, सोमबार १३:१६

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा ऐनको आफुखुशी व्याख्या गरी गैर कानुनी रुपमा सञ्चालकलाई राजिनामा धम्की दिने क्रम जारी राखेका छन् ।
नेपाल बीमा प्राधिकरणले केही दिन पहिले बीमा ऐनको दफा ५० को उपदफा (ट) को हवाला दिँदै कुनै पनि बीमा कम्पनीका सञ्चालक र कर्मचारीहरु अर्को बीमा कम्पनीमा सञ्चालक हुन नपाउने भन्ने व्यहोरा रहेको उल्लेख छ । तर, उपदफा (ट) कै तर, खण्डमा बीमकका कर्मचारीलाई कम्पनीले शेयर लिएको हकमा सञ्चालक बन्न पाउने व्यवस्था छुट दिएको कुरा उल्लेख नगरी बीमा प्राधिकरण सञ्चालकहरुलाई धम्क्याउने कार्यमा उद्यत रहेको पाइएको छ ।

रोचक कुरा के छ भने बीमा प्राधिकरणले लिखित रुपमा बीमा कम्पनीहरुमा पठाएको पत्रमा राजिनामा दिनुपर्ने शब्द कही कतै छैन । तर, अध्यक्ष सिलवाल आफैल बीमा कम्पनीका सञ्चालक तथा अध्यक्षहरुलाई कार्यकक्षमा बोलाएर राजिनामा दिन धम्क्याउँदै आएका छन् । बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त भएदेखि न्र भ्रष्टाचार र सेटिङको काम गर्दै आएका अध्यक्ष सिलवालले पछिल्लो पटक लघुबीमाको लाइसेन्स वितरण गरिरहेका छन् ।

बीमा प्राधिकरणले लेखेको पत्रको अंश

करोडौं घुस सेटिङमा लाइसेन्स वितरण गरेको खवर प्रधानमन्त्री प्रचण्ड समक्ष पुगिसकेको बालुवाटार स्रोतले जनाएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा घुस सेटिङमा वितरण गरिएको लाइसेन्सको अवगाल प्रधानमन्त्री प्रचण्डलाई आउने भएपछि सो सम्बन्धमा निर्णय भने भइसकेको छैन ।

पदमा बहाल रहँदासम्म भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको भन्दै दर्जनभन्दा बढि उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिसकेको छ । हाल अध्यक्ष सिलवालकै मित्र प्रेम राई प्रमुख आयुक्त रहेकोले कारवाहीमा नपरेपनि इमान्दार आयुक्त र प्रमुख आयुक्तहरु रातोघरमा पुगेको दिन सूर्य सिलवालले गरेका घोटालाहरुले जेल पुर्याउन सक्ने तथ्य हिजैमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डका विकल पौडेलमाथि ६९ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको तथ्यले समयको मात्रै प्रतिक्षा गरिरहेको देखाएको छ । भविष्यमा सूर्य सिलवालले पौडेलकै नियती व्यहोर्ने भएपनि कानुनको गलत व्याख्या गरेर बीमा क्षेत्रमा आतंक मच्चाउने र दुःख दिने काम बन्द गरेका छैनन् ।

सिलवालको चर्को दवाव पछि केही बीमा कम्पनीका सिईओहरुले राजिनामा दिएको खुलेको छ । अन्य केही व्यक्तिहरुले समेत सूर्य सिलवालको आतंक सहनुभन्दा बीमा क्षेत्र नै छोडेर घर फर्कन मन लागेको प्रतिक्रिया दिन थालेका छन् । अध्यक्ष आफै अनैतिक र कानुनको गलत व्याख्या गर्न थालेपछि बीमा क्षेत्र आतंकित र अस्तव्यस्त बन्न पुगेको छ ।

लिखित रुपमा पत्रमा राजिनामा गर्नुपर्छ भनेर लेख्न नसक्ने अनि टेलिफोन गरेर कार्यकक्षमा बोलाएर राजिनामा माग्ने अध्यक्ष सिलवालको नैतिकतामाथि यतिबेला बीमा क्षेत्रमा गम्भिर प्रश्न उठिरहेको छ ।

 

बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*