यो साता कुन वाणिज्य बैंकको शेयरमूल्य कतिमा बन्द भयो ? 

१२ जेष्ठ २०८०, शुक्रबार १६:४७

काठमाडौं । यो साता बैंकिङ्ग इन्डेक्स ० दशमलव १७ प्रतिशतले बढेर कारोबार बन्द भएको छ । नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाउने निर्णय गरेसँगै बैकिङ्ग इन्डेक्स बढ्न पुगेको छ ।

नेप्सेमा सूचिकृत रहेका २० वाणिज्य बैंकहरुमध्ये वाणिज्य बैंकहरुको शेयर मूल्य अन्य कम्पनीहरुको तुलनामा बढेको छ । शेयरमूल्य बढेसँगै लगानीकर्ताहरुको वाणिज्य बैंकहरुप्रति आकर्षण बढी देखिन्छ । हाल बैंकिङ्ग सबइन्डेक्स २।१५को अंकले बढेर १२४६.२६ को विन्दुमा कायम भई क्लोज भएको छ ।

यस साता शेयर कारोबार बन्द भएको दिन बुधबार हो । बुधबार एनआइसी एशिया बैकको अन्तिम कारोबार सबैभन्दा बढी प्रतिशतले बढेको छ । बैंकको शेयरमूल्य १.७३ प्रतिशत अर्थात १२.५० रुपैयाँले बढेर ७३३.५० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा सिटिजन्स बैंक रहेको छ । बुधबार शेयर बजारको अन्तिम समयसम्ममा बैंकको कारोबार १.०७ प्रतिशत अर्थात १.९० रुपैयाँले बढेर १७८.९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल एसबिआई बैंकको शेयरमूल्य ०.५९ प्रतिशत, एभरेष्ट बैंकको ०.५३ प्रतिशत, सिद्धार्थ बैंकको ०.५१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ०.४१ प्रतिशत, सानिमा बैंकको ०.४० प्रतिशत, कृषि विकास बैंकको ०.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार नेप्से कारोबार भएसम्म ग्लोबल आइएमई बैंकको शेयरमूल्य ०.२७, माछापुच्छ्रे बैंकको ०.२५, नबिल बैंकको ०.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस साता नेप्सेमा सुचिकृत भएका वाणिज्य बैंकहरुमध्ये ७ बैंकको शेयरमूल्य घटेको छ । यस साता कारोबार भएको अन्तिम दिनसम्ममा लक्ष्मी बैंकको शेयरमूल्य १.२५, नेपाल बैंकको ०.९१, स्ट्यान्डर्ड चार्टट बैंकको ०.३५, प्रभु बैंकको ०.२९, सनराइज बैंकको ०.२२, एनएमबि बैंकको ०.२१ र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य ०.११ प्रतिशतले घटेको छ ।

यस साताको अन्तिम कारोबार मूल्यको आधारमा सबैभन्दा बढी शेयरमूल्य एभरेष्ट बैकको रहेको छ । सो समयमा कारोबारको अन्तिम समयमा बैंकको शेयरमूल्य ८ सय रुपैयाँ रहेको छ ।

दोस्रो नम्बरमा एनआइसी एशिया बैंकको रहेको छ । यस समयमा बैंकको कारोबार ७ सय ३३ रुपैयाँमा बन्द भएको छ । नबिल बैंकको ६ सय ६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यस साताको अन्तिम कारोबारमा प्रभु बैंकको शेयरमूल्य १६९ रुपैयाँ र कुमारी बैंकको १६९.२ रुपैयाँमा कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*