ऋण नतिर्ने ठूला व्यापारीलाई सावा-ब्याज छुट दिन अर्थमन्त्रीको दवाव, मौद्रिक नीतिमा सेटिङ गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारी

काठमाडौं । नेपालका बैंकहरुबाट अर्बौ रुपैयाँ ऋण लिएर तिर्न नसकेका राजनीतिक पहुँच भएका ठूला व्यापारीहरुसँगको सेटिङमा बैंकलाई तिर्नु बुझाउनुपर्ने सावा ब्याज छुट दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकलाई दवाव दिएको खुलेको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार बैंकबाट ऋण नतिरेका साना ऋणीहरुको धमाधम घरजग्गा लिलाम हुँदै गर्दा अर्थमन्त्रालयबाट ठूला ऋणीहरुको सावा ब्याज नतिरी पुनकर्जा, रिकल वा कर्जा पुर्नसंरचना मध्ये एक गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई दवाव दिइदै आएको खुलेको छ ।
सामान्यतया जेठको दोस्रो सातामा आउने चौथो त्रैमासिक मौद्रिक समीक्षा तत्काल ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले दवाव दिँदै आएका छन् । मन्त्री महतले देशका नाम चलेका व्यापारीहरु अम्बे ग्रुपका हरि न्यौपाने, दीपक मलहोत्रा, कालु गुरुङ, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, लक्की ग्रुप, केडिया ग्रुप राजेन्द्र खेतान लगायतका व्यापारीहरुको दवावमा बैंकहरुलाई डुबाएर ठूला व्यापारीलाई राहत लागिएको हो । ठूलो व्यापारीहरुलाई विभिन्न बाहनामा सबै छुट दिँदै आएको सरकारले यस पटक कर्जा तिर्नै नपर्ने गरी पुनकर्जा, पुर्नसंरचना वा रिकल गर्ने गरी मौद्रिक नीतिमा समेट्न दवाव दिइदै आएको छ ।
उता, अर्थमन्त्रीले व्यापारीसँगको सेटिङमा मौद्रिक नीतिमा सेटिङ गर्न निर्देशन दिएपछि केन्द्रीय बैंकले चोर बाटोबाट कुन छिद्रबाट सेटिङ मिलाउने भन्दै छलफल सुरु भएको छ । गभर्नर महाप्रसाद अधिकारी स्वयम् पनि देशका ठूला व्यापारीहरुलाई जोगाउन भन्दै आगामी मौद्रिक नीतिमा उक्त बुँदा थप्ने प्रयासमा रहेको बताइएको छ । यसअघि रिकल हुनै नदिने घोषणा गरेका गभर्नर अधिकारीले अब कुन मुखले कर्जा पुनर्संरचना गर्छन वा कुन नैतिकमा टेकेर ठूला व्यवसायीहरुलाई कर्जा नतिर्ने छुट दिन्छन् त्यो हेर्न बाँकी छ ।
साना ब्यापारी को घर जग्गा लिलाम गरेर लुट मच्चाउने अनि ठुला लाई पोस्ने त हो नि।
[email protected]