२५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल

२७ बैशाख २०८०, बुधबार १२:२२

काठमाडौं । २०७९ चैत मसान्तसम्ममा कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ चैत मसान्तसम्म साढे २ सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका हुन् ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ९ महिनासम्मको वित्तीय अवस्थाको विवरणअनुसार सामले भएका बैंक तथा वित्तीय संस्थामध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन्।

नेपाल राष्ट्र बैंकले गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानका लागि फोर्स मर्जर नीति ल्याएका कारण पनि अढाई सय बढी बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*