देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक (पुर्णपाठसहित)

२७ बैशाख २०८०, बुधबार १३:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तिय तथ्याँक सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको ९ महिनासम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

यसका साथै, चैत मसान्तसम्ममा कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ चैत मसान्तसम्म साढे २ सय भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका हुन् । त्यस्तै, नौ महिनामा विप्रेषण आप्रवाह २४।२ प्रतिशतले बृद्धि भई ९ खर्ब ३ अर्व ३९ करोड पुगेको छ ।

तथ्याङ्कअनुसाखर २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९महँगी० ७।७६ प्रतिशत रहेको छ ।

(पुर्णपाठ)

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Nine-Months-data-of-2079.80

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*