इम्पेयरमेन्ट चार्ज बढेका कारण फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको मुनाफा प्रभावित, इपिएस कति ?

२८ बैशाख २०८०, बिहीबार ११:०८

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ३६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुनलनामा घट्न पुगेको हो ।

संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ९३.५५ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ६७ करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी ३२.०३ प्रतिशततले घटेर ७३ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ९५.५० प्रतिशतले घटेर ६ करोड २७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । यता संचालन मुनाफा घटेसँगै संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४८ करोड ५५ लाख रुपैयाँ पुगेकोले संस्थाको नाफा घट्न पुगेको हो ।

साथै यस अवधिसम्म संस्थाको चुक्तापुँजी २५% ले बढेर एक अर्ब ५ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ४२% ले घटेर कोषमा जम्मा ९९ करोड ५१ लाख रुपैयाँ संचित रहेको छ । यता संस्थाको सो अवधिसम्म निक्षेप ९.९७% ले बढेको छ भने कर्जा परिचालन २.५३% ले घटेको छ ।

संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५८ पैसा रहेको छ । साथै संस्थाको खराब कर्जा अनुपात बढेर ५.८८ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*