राष्ट्र बैकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२८ बैशाख २०८०, बिहीबार ११:१२

काठमाडौं । नेपाल राष्ट्र बैकले दरखास्त आह्वान गरेको छ । बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको हो ।
बैंकले संयोजक र सदस्य पदमा एक जनाका दरले कर्मचारी माग गरको छ । सो पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, मौन्द्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा लगायतका विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैकका अनुसार वित्तीय क्षेत्रहरुमा कम्तिमा १० वर्ष काम गरको अनुभव हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र आवश्यक कागजात संकलन गरी कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।