साना किसान विकास लघुवित्तको खुद नाफा ५८ करोड माथि, वितरणयोग्य मुनाफा ७६ करोड

२८ बैशाख २०८०, बिहीबार ११:३२

काठमाडौं । साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफा १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको सार्वजनिक वित्तिय विवरणले देखाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत बढेर १ अर्ब २२ करोड रुपैयाँ पुुगेको छ । यहि अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी २७.१० प्रतिशत बढेर १ अर्व २२ करोड रुपैयाँमा सिमित भएको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १६.८६ प्रतिशत बढेर ८३ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । चैत मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर १.५२ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा घटेर ३९ रुपैयाँ ७५ पैसामा झरेको छ । त्यस्ते यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७६ करोड रुपैयाँ माथि रहेको छ ।

१ अर्ब ९७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ७० करोड ५९ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले २० अर्ब ९ करोड ३८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३१ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*