मिथिला लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

२८ बैशाख २०८०, बिहीबार ११:४९

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो ।

संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ५७.७६ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाका खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेका कारण लघुवित्तको मुनाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी २०.७५ प्रतिशतले घटेर ७ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ६१.९१ प्रतिशतले घटेर ६ करोड ४२ लाख रुपैयाँम सीमित भएको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपिएल) ३.४९ प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । यसकारण पनि संस्थाको नाफा घट्न पुगेको हो ।
लघुवित्तको चुक्तापुँजी १७ करोड ४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा १३ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाले सो अवधिसम्म एक अर्ब ३९ करोड ३२ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ३६ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । साथै संस्थाले सो अवधिसम्म ८३ करोड ७२ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १६.६१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नटेवर्थ १८० रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, संस्थाको तरलता अनुपात १०.५६% र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १५५६ रुपैयाँ १२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*