गुराँस लघुवित्त ५४ लाख रुपैयाँले नोक्सानमा, अधिकांश सूचक ऋणात्मक

२८ बैशाख २०८०, बिहीबार १२:२१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा लघुवित्तको खुद नाफा ५४ लाख ९७ हजार रुपैयाँले नोक्शानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाले १ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २९.४४ प्रतिशतले घटेर ३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा संस्थाले ४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । त्यस्तै, यसै अवधिमा लघुवित्तको संचालन मुनाफा ऋणात्मक रहेको छ । लघुवित्तको संचालन मुनाफा ५४ लाख ९७ लाख रुपैयाँ नोक्शान बेहोरेको छ ।

चैत मसान्तसम्ममा संस्थाको संचालन घाटामा रहेको छ । नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ २२ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।

 

१ अर्ब ९७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ७० करोड ५९ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले २० अर्ब ९ करोड ३८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३१ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*