राष्ट्र बैंकले वाणिज्य बैंकका सिइओ र गुनासो विभागका प्रमुखलाई आकस्मिक रुपमा किन बोलायो ?
२८ बैशाख २०८०, बिहीबार १२:३८

काठमाडौं । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत(सिईओ)र र गुनासो विभागका प्रमुखलाई हरुलाई नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि बोलाएको छ । आज दिँउसो सम्पूर्ण बैंकहरुको सिईओहरुलाई बोलाएर छलफल गर्ने तयारी भईरहेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्।
राष्ट्र बैंकमा परेका गुनासाहरुका सम्बन्धमा छलफल गर्नका लागि भन्दै केन्द्रिय बैंकले आज छलफलका लागि बोलाएको हो ।राष्ट्र बैंंकले बैंकका सिईओहरुमात्रै नभए गुनासो विभागका प्रमुखहरुलाई समेत बोलाएको छ।
पछिल्लो समय बैंकहरुमा देखिएको कर्जा असुली र खराब कर्जाको दबाबको कारण आजको बैठक राख्न लागिएको बुझीएको छ।