आदर्श लघुवित्तको नाफासँगै इपिएस पनि घट्यो

२८ बैशाख २०८०, बिहीबार १२:४३

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८८.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेको छ । यस अवधिमा लघुवित्तले १ करोड २५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३४ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरीे सञ्चालन मुनाफा ८३.५६ प्रतिशतले घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट बढेर ३.५२ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो ।

२ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६४ लाख ९१ हजार रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले ९ करोड ४३ लाख रुपैयाँ सापटीबाट २६ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा लघुवित्तले १५ करोड ७४ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ। यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६७ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*