जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय
२८ बैशाख २०८०, बिहीबार १३:४०

काठमाडौं । बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने भएको छ । नेपाल बैंकर्स संघको आजको बैठकले बैंशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने भएको हो ।
निक्षेप निरुत्साहित हुने भयले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् ।चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १।०१ प्रतिशत विन्दुले घटाएर ९।९९ प्रतिशतमा झारेको छ । त्यसयता निक्षेप संकलन केही सुस्ताएको छ ।