नेशनल माइक्रोफाइनान्सको खुद नाफामा ३९.६५ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?

२९ बैशाख २०८०, शुक्रबार ०९:४१

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३९.६५ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिसम्ममा लघुवित्तले २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जनन गरेको हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.८९ प्रतिशतले घटेर ४५ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा लघुवित्तले ६२ करोड ६७ लाख रुपैयाँ आर्जन गरको थियो । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.०५ प्रतिशत र सञ्चालन मुनाफा ३९.६५ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ८४ पैसा घटेर ४६ रुपैयाँ २० पैसामा झरेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात २७.५८ गुणा रहेको छ ।

५८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९४ करोड १४ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ८२ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*