राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण

२९ बैशाख २०८०, शुक्रबार १०:१९

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्तावित गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै कारण सहित लाभांश रद्द गरेको व्योहोरा उल्लेख गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर ०.७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर कम्पनीको वैशाख २८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो। वित्तीय विवरणको नाफा नोक्सान बांडफांड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हु नगएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि आग्रह पनि गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको कम्पनीले जनाएको छ ।

One thought on “राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण

  1. सेयर बाट प्रताडित म says:

    हैन यो के नाटक हो !! तिम्रा विरुद्ध सर्बोच्च अदालत जानू पर्ने हो ?? यसरी लगानी कर्ताको लगानी नियोजित रुपमा जोखिममा पार्न पाईन्छ ??

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*