कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२९ बैशाख २०८०, शुक्रबार १०:२४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनी राम प्रकाश श्रेष्ठको १९ हजार ४०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय टंगाँल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*