सूर्योदय वोमी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

२९ बैशाख २०८०, शुक्रबार ११:४२

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

संस्थाले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.०३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४४.१८ प्रतिशत र सञ्चालन मुनाफा ४६.१४ प्रतिशत घटेको छ । निष्क्रिय कर्जा बढेर २.९५ प्रतिशतबाट बढेर ७.६६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४ करोड ९१ लाख पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपयाँ ७८ पैसा घटेर ९ रुपैयाँ ४९ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २९१ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ७४.७५ गुणा रहेको छ ।

७९ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ५० करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*