राष्ट्र बैंकद्धारा तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक, चालु पुँजि कर्जालाई सहुलियत सीमित क्षेत्रमा कर्जा पुर्नसरंचना र नविकरण गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १२:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । आज प्रकाशित मौद्रिक नीतिको समीक्षा देशका ठूला व्यापारिक घरानालाई लाभ हुने गरी चालु पुँजि कर्जा नविकरण गर्न छुट दिइएको छ ।
त्यसैगरी, होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धी कर्जा र पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असारसम्म पुर्नंरचना, पुनरतालिकीकरण गर्न पाउने गरी छुट दिइएको छ ।

त्यस्तै चालु पुँजि कर्जालाई ब्याज नियमित रहेको अवस्थामा आगामी असार मसान्तसम्म नविरण गर्न दिने गरी छुट दिइएको छ । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुलाई आवश्यकता र औचित्यका आधारमा २०८० असार मसान्तसम्म पुनर्तालिकीकरण र पुर्नंरचना गर्न पाउने गरी छुट दिइएको छ ।

 

3RD_QTR_Review_Final

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*