ऋणीको क्षमताभन्दा बढी कर्जा प्रवाह गर्ने प्रवृत्तिले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको छ: राष्ट्र बैंक

२९ बैशाख २०८०, शुक्रबार १३:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा अनुपात बढ्न पुगेको बताएको छ । आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल केही बढ्न पुगेको बताएको हो ।

आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्तिले गर्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न पुगेको केन्द्रीय बैंकको भनाई छ । साथै विगतमा कर्जा प्रवाहमा भएको तीब्र विस्तार र बैकिङ्ग क्षेत्र लक्षित गैरव्यवसायिक गतिविधिका कारण समेत निष्क्रिय कर्जा बढ्न पुगेको राष्ट्र बैंकको ठम्याई छ ।

साथै यस्ता गैरव्यावसायिक गतिविधिले व्यावसायिक वातावरणमा समेत अनिश्चितता र जोखिम बढाएको राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*