नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तका ऋणीहरुलाई सहजता

२९ बैशाख २०८०, शुक्रबार १३:२१

काठमाडौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका ऋणीहरुलाई सहज बनाइदिएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको समिक्षा गर्दै वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै सहजता गराइदिएको हो ।

लघुवित्त संस्थाका सदस्य तथा ऋणीहरुको कर्जा चुक्तामा परेको कठिनाइलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले सम्बन्धीत संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुरसंरचना।पु्नरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाएको छ ।

साथै केन्द्रीय बैंकले वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै अल्पकालिन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई व्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना।शुल्क नलिने गरी ३ महिनासम्मका लागि आगामी असार महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

2 thoughts on “नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तका ऋणीहरुलाई सहजता

  1. राम बहादुर लामा says:

    हामिलाई बैंक बाट सहुलीयत कर्जा उपलब्ध गराउनु पर्यो् उमादेबि फेन्सी स्टोर प्रोपाईटर रिता लामा मन्डनदेउपुर नगरपालिका 10 चन्डेनी मैले अहिले सम्म चारवटा बैंक मा प्रोसेस गर्दा पनी पायको छैन पहिलो सिन्धुलि खास बैंक ढाट्ने झुलाउने

    1. Bijay Kumar Mandal says:

      Commercial Bank le disbursed amount ma service charge linuparne ma approved amount ma line gareko le niyam change garnu paryo. Approved Rs. 60,00,000/ bhayo but disbursed Rs. 40,00,000/ matra bhayo. But Service charge 1% Rs. 60000/ liyaeko chha.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*