मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्न सक्छ: गर्भनर अधिकारी

२९ बैशाख २०८०, शुक्रबार १४:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने देखिएको बताएका छन् ।

मौद्रिक नीतिको समिक्षाको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने बताएका हुन् ।अहिले नै ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा मौद्रिक नीतिको समीक्षाले लिइएको नीतिले थप घट्ने बताए।

सरकारी धितोपत्रहरु धितो वा सुरक्षण राखेर केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने अन्तिम ऋणदाता सुविधाअन्तर्गत प्रवाह गर्ने ऋणको ब्याजदर नै बैंक दर हो । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट पाउने ऋण सस्तो हुनुको अर्थ सर्वसाधारणले पनि अब कर्जामा क्रमशः सस्तो ब्याजदरमा कर्जा पाउने अपेक्षा राख्न सकिन्छ । यस्तै, केन्द्रीय बैंकले समीक्षामार्फत अरु केही छुट र सहुलियत पनि दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*