सरकारले बनाउने बजेट र नीति कमजोर भयो मौद्रिक नीतिले मात्रै सुधार गर्न सक्दैनः गभर्नर अधिकारी

१ जेष्ठ २०८०, सोमबार १३:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रासद अधिकारीले सरकारले बनाउने बजेट र नीति कमजोर भयो मौद्रिक नीतिले मात्रै सुधार गर्न नसक्ने बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनको आयोजनामा बालुवाटारमा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति र समाधानको भावी कार्यदिशा विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मौद्रिक नीति सञ्चालनका लागि स्वायत्तता पनि चाहिन्छ,’ उनले भने, ‘राजनीतिमा शक्ति सन्तुलनजस्तै यतातिर पनि चेक एण्ड ब्यालेन्स आवश्यक छ।’गभर्नर अधिकारीले अहिलेको समस्या सार्वजनिक बित्ततिर बढि भएको भन्दै विगतमा राजनीतिक व्यवस्थाका लागि काम गर्नु परेका कारण आर्थिक क्षेत्रमा समस्या आएको बताए।

‘राजस्व बढाउनु पर्ने छ, भन्सारमा सुधार गर्नु पर्ने देखिन्छ। वास्तविक क्षेत्रमा हामीले ध्यान दिनै पर्छ। औद्योगिक क्षेत्र घोषणा भयो तर त्यो अगाडि बढ्न सकिरहेको छ। उद्योग खोल्न कसैले खोज्दा ठाउँ देखाउन सक्नु पर्छ,’ उनले भने, ‘धेरै काम गर्नु पर्ने छ। अलिकति हामीले अर्थतन्त्रको पुनर्संरचना गरेर जानु पर्ने छ।’

उनले बजेटको आफ्नै सीमा देखिएको भन्दै स्रोत अभावका कारण ठूलो निर्णय गर्न पनि गाह्रो हुने तर्क गरे।

‘नेपालको अर्थतन्त्र भिन्न प्रकृतिको छ। हामी परनिर्भर छौं। यसलाई अन्तरनिर्भरतामा लैजानु पर्ने हुन्छ,’ उनले भने, ‘आन्तरिक उत्पादन कम हुने र बाह्य उत्पादन बढि उपभोग हुने अवस्था छ। राजस्व आयातमा निर्भर हुने देखिएको छ। यहाँ संरचनामा सुधार गर्नु पर्ने छ।’

उनले अर्थतन्त्र धेरै हदसम्म रेमिटेन्समा भर परेको भन्दै यो बर्ष बाह्य क्षेत्र सुधार भएको, वित्तीय क्षेत्रमा नीति नियमका कारण सफल नै भएपनि भोलिका दिन चुनौतिपूर्ण रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*