लगानीकर्ताको रोजाइमा पर्ने महिला लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

१ जेष्ठ २०८०, सोमबार १४:०७

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको सर्वाधिक रोजाइमा पर्ने महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड २४ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको तुलनामा भने ५२.७९ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म संस्थाले ११ करोड ११ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको यस अवधिसम्म खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घटेका कारण नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले घटेर २० करोड ५८ लाख रुपैयाँ र संचालन मुनाफा ५२.७९ प्रतिशतले घटेर ७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिसम्म संस्थाको ब्याज आम्दानी २१ करोड ३४ लाख रुपैयाँ र संचालन मुनाफा १५ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिसम्म संस्थाको संचालन मुनफा घटेका कारण इम्पेयरमेन्ट चार्ज ६०४ प्रतिशतले बढ्न पुग्दा नाफा प्रभावित बन्न पुगेको हो । साथै संस्थाको खराब कर्जा अनुपात समेत २.९७ प्रतिशतबाट बढेर ९.८० प्रतिशतसम्म पुगेको छ । यसले गर्दा पनि नाफा बढ्न नसकेको हो ।

२१ करोड ७५ लाख रुपैयाँ चुक्तापुँजी रहेको महिला लघुवित्तको जगेडा कोषमा १७ करोड ४० लाख ३१ हजार रुपैयाँ संचित रहेको छ । संस्थाले सो अवधिसम्म ४ अर्ब ३० करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन र १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै, गत वर्षको यसै अवधिसम्म ९०.४२ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको संस्थाको इपीएस यस अवधिसम्म घटेर ३२.१७ रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ २४ पैसा रहेको छ । संस्थाले यस अवधिसम्म वितरणयोग्य मुनाफा भने २ करोड ७६ लाख ७५ हजार रुपैयाँ छु्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*