बैंकका खर्बाैंको कर्जा दुरूपयोग भएको प्रधानमन्त्री प्रचण्डको निष्कर्ष, ’बैंकका कर्जा सीमित व्यक्तिले उपयोग गरे’

१ जेष्ठ २०८०, सोमबार १३:५६

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालका बैंकहरूका कर्जाको अनुपातमा उत्पादन वृद्धि नभएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनर्उत्थानको लयमा आएका नयाँ चुनौति र अप्ठेरोहरुलाई समाधान गर्न चालिएका कदमहरुको साइड इफेक्ट देखिएको बताए । बैंकिङ क्षेत्रमा कर्जा लगानीमा भएको बृद्धिले देशको आर्थिक गतिविधि बढाउन मद्दत पुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तर बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन रोजगारीमा परेको प्रभाव भने अत्यन्तै न्यून देखिन्छ । सीमित व्यक्ति तथा समुहले बैंकिङ क्षेत्रको ठूलो मात्रामा स्रोत साधनको उपयोग गर्ने र उक्त स्रोत साधन प्रत्यक्ष अप्रत्यक्ष अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रयोग हुने जस्ता समस्या पनि यस बीचमा राम्रैसँग देखिएका छन् ।’

युक्रेन युद्ध नै नेपालको अर्थतन्त्र बिग्रनुको कारण बनेको बताए । प्रधानमन्त्री प्रचण्डले आफूले सरकारी वित्तीय नीति र मौद्रिक नीतिका बीचमा तालमेल मिलाउन र सहकार्य गरेर अघि बढ्न प्रयासरत रहेको बताए । उनले देशको अर्थतन्त्रमा सुधार आउदै गरेको बताउँदै सरकार योजना, नीति र कार्यक्रमहरु पुनरावलोकन गरेर सरकार अघि बढ्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, मैले सुरूदेखि नै मौद्रिक नीति र वित्तिय नीति बीचमा उत्पन्न समस्या समाधान गर्न प्रयासरत छु । गभर्नरज्युसँग पटक पटक छलफल भईरहेको छ। प्रधानमन्त्री प्रचण्डले मौद्रिक र वित्तिय नीतिका रूपमा राम्रो सुधार भएको बताउँदै रसिया युक्रेन युद्दले आर्थिक सुधारको योजनालाई थप चुनौति थपेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*