एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१ जेष्ठ २०८०, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा आज जम्मा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको ३ करोड ४ लाख रपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख, नागरिक लगानी कोषको २ करोड ४३ लाख, प्रभु बैंकको २ करोड २८ लाख र शिवम् सिमेन्ट्सको २ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।