नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

१ जेष्ठ २०८०, सोमबार १६:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत दरका कुल १२ लाख २१ हजार ७७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*