कृषि विकास बैंक र साल्ट ट्रेडिङको बोनस शेयर नेप्सेमा सूचीकृत

१ जेष्ठ २०८०, सोमबार १६:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो ।

कृषि विकास बैंकको २ प्रतिशत दरका कुल २६ लाख ३७ हजार ५८३ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत दरका कुल २ लाख ५३ हजार ५३१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*