बजेट लगत्तै बीमा, बैंकसहित सबै निकायमा निर्मम छानविन गर्छुः अर्थमन्त्री डा. महत

१ जेष्ठ २०८०, सोमबार २०:०४

काठमाडाैं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेट लगत्तै अर्थ मातहतका सबै निकायमा निर्मम छानविन गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५५ ओै वार्षिकाेत्सवकाे अवसरमा अर्थ मन्त्री डा.महतले यस्ताे घाेषणाा गरेका हुन् ।

मन्त्री महतले आफू भर्खरै मन्त्री भएकाे र बजेटका कारण समय नपाएकाे बताउदै वित्तिय क्षेत्रका विकृतिहरू एक एक गरेर केलाउने बताए ।
मन्त्री महतले बीमा क्षेत्रकाे नियमनकाे लागि प्राधिकरणमा दक्ष जनशक्ति अभाव भएकाे समेत बताए । मन्त्री डा. महतले सरकारले बीमालाइ उच्च प्राथमिकता दिएकाे बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*