एनएमबि लघुवित्तको नाफामा ८९ प्रतिशतले गिरावट, इपिएस कति ?

२ जेष्ठ २०८०, मंगलवार ०९:०१

काठमाण्डौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १६ करोड १३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३५ करोड १ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ६५ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ९४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.९७ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ४.०६ प्रतिशत थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.२० रुपैयाँबाट घटेर १.७५ रुपैयाँमा झरेको छ । पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*