एनआईसी एसिया बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम ३६५ रुपैयाँमा जोकोहिले आवेदन दिन सक्ने

२ जेष्ठ २०८०, मंगलवार ०९:२२

काठमाण्डौं । एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता शेयर आज जेठ २ गतेबाट बिक्रीमा ल्याएको छ ।

एनआईसी एसिया बैंकको सिंस्थापक समूहको ३ लाख ४५ हजार ६८० कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।  बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ । बोलपत्र जेठ ९ गते अपराह्न २ बजेसम्म बुझाउन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*