नबिल, ग्लोबल आईएमई र एनआईसी एशियाः कसको शेयर किन्दा फाइदा ? तीन बैंकको सम्पूर्ण वित्तिय अवस्था सहित

काठमाडौं । वाणिज्य बैंकमध्ये तीन वटा ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया बैंकको वित्तीय अवस्थाका बारेमा निकै चर्चा हुने गरेको छ । मर्जरपछि अन्य बैंकहरु पनि प्रतिस्पर्धामा नभएको होइनन् । तर विशेष गरी यी बैंक अधिकांश सूचकांकमा निकै प्रतिस्पर्धी देखिन्छन् ।
ग्लोबल आईएमई बैंक अहिलेसम्म धेरै चुक्ता पुँजी भएको बैंक हो । नबिल बैंकलाई सेलिब्रेटी बैंक र एनआईसी एशिया बैंकलाई प्रणालीलाई नै चूनौती दिने बैंकका रुपमा पनि चर्चा परिचर्चा हुने गरेको छ ।
यस विश्लेषणत्मक लेखमा हामीले यी तीनै वटा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय अवस्थाको बारेमा बीमापोष्टले गरेको तुलनात्मक बिश्लेषण गरेका छौ ।
चुक्ता पुँजिको आधारमा आइएमई बैंक अग्रस्थान
यी तीन कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चुक्ता पुँजिको आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ।
ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्मा कम्पनीको चुक्ता पुँजि ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नबिल बैंकको चुक्ता पुँजि २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजि रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ।
जगेडा कोषको आधारमा नबिल बैंक अगाडि
जगेडा कोषको आधारमा हेर्ने हो भने नबिल बैंक अगाडि रहेको छ। नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ रकम संचित रहेको छ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमई बैंकको जगेडा कोषमा १९ अर्ब ६ करोड रुपैयाँ रकम संचिती रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको जगेडा कोषमा १४ अर्ब १८ करोड रुपैयाँ रकम संचिति रहेको छ।
खुद ब्याज आम्दानीको आधारमा नबिल बैंक अगाडि
यी तीन बैंकबीच गरेको तुलनात्मक अध्ययन अनुसार यस त्रैमासको अवधिसम्मा खुद ब्याज आम्दानीको आधारमा नबिल बैंक अगाडि रहेको छ।
तेस्रो त्रैमासको अवधिसम्म नबिल बैंकको खु्द ब्याज आम्दानी १२ अर्ब १० करोड रुपैयाँ रहेको छ।
दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब २१ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी रहेको छ ।
मुनाफाको आधारमा नबिल बैंक अगाडि
खुद मुनाफाको आधारमा हेर्ने हो भने नबिल बैंक अगाडि रहेको छ।नबिल बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा ५ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ३५ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले यस त्रैमासको अवधिसम्मा ४ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
वितरणयोग्य नाफाको आधारमा नबिल बैंक अगाडि
तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययन गर्दा एनआईसी एशिया बैंक अगाडि रहेको छ।
बैंकको वितरणयोग्य यस त्रैमासको अवधिसम्मा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ।
दोस्रोमा नबिल बैंक रहेको छ। बैंकको वितरणयोग्य नाफा यस त्रैमासको अवधिसम्मा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।
तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने नबिल बैंक अगाडि रहेको छ । नबिल बैंकको प्रतिशेयर आम्दानी ४६।७६ प्रतिशेयर आम्दानी रहेको छ।
एनआईसी एशिया बैंक २५।२१ पैसा रहेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी १७। ०८ पैसा रहेको छ ।
दोस्रो बजारमा बैंकको शेयर मूल्य
दोस्रो बजारमा नबिल बैंकको शेयर मूल्य ५८४ रुपैयाँ रहेको छ।
एनआईसी एशिया बैंकको शेयर मूल्य ६९१ रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको शेयर मूल्य १८२ रुपैयाँ मात्रै रहेको छ ।
लाभांशको इतिहास
नबिल बैंकको लाभांश ईतिहास हेर्ने हो भने बैंकले सबैभन्दा धेरै ६५ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । बैंकले दुई आर्थिक बर्ष नै ६५ प्रतिशत लगातार दिएको देखिन्छ ।
एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ४१ प्रतिशत दिएको देखिन्छ। त्यस्तै, बैंकले पछिल्ला दिनहरुमा लगानीकर्ताहरुको हात खाली गर्दै जगेडामा ध्यान दिएको देखिन्छ ।
ग्लोबल आईएमई बैंकको लाभांश ईतिहास हेर्ने हो भने २५ प्रतिशत भन्दा माथि आफना शेयरधनीलाई दिएको देखिदैन ।
कम्पनीले दुई आर्थिक बर्षमा मात्रै २५ प्रतिशत माथि लाभांश दिएको देखिएको छ।
नोट :यो वित्तिय विवरण, शेयर बजारको मूल्य र लाभांश इतिहास दिएको विवरणको आधारमा गरिएको बिश्लेषण हो ।लगानीकर्ताले कुनै शेयर खरिद गर्दा स्वयम विश्लेषण गरेर हेनुपर्दछ ।