तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

२ जेष्ठ २०८०, मंगलवार १५:०३

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सुधार देखिएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । आज जम्मा ६० करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक एनआइसी एशिया बैंकको ५ करोड एक लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १६ लाख रुपैयाँ, हिमालयन बैंकको एक करोड ६४ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको १ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*