ग्राहकलाई नबिल बैंककोे जरुरी सूचना, गोपनीयतालाई उच्च गम्भीरताका साथ दिन्छौं, तपाई उच्च सर्तक रहनुस्

२ जेष्ठ २०८०, मंगलवार १६:२२

काठमाडौं । एउटा व्यक्तिको खाता प्रयोग गरी अर्कै व्यक्तिले रकम झिकेको विषयमा नबिल बैंकले ध्यानाकर्षण जनाएको छ । सामाजिक सञ्जाल तथा मिडियाहरूमा यस किसिमका विषयहरू आइरहेको भन्दै बैंकले आफ्ना ग्राहकलाई सतर्क रहन आग्रह गरेको हो ।

“हामी हाम्रा ग्राहक महानुभावहरूको खाता र व्यक्तिगत सूचनाको गोपनीयतालाई उच्च गम्भीरताका साथ लिन्छौं र तपाईंहरूलाई पनि उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं,“ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।खाता र व्यक्तिगत जानकारी सुरक्षित राख्नका लागि अरूले सहजै अनुमान लगाउन नसक्ने बलियो पासवर्ड राख्न र धेरै खातामा एउटै पासवर्ड प्रयोग नगर्न समेत बैंकले आग्रह गरेको छ ।

बैंकले अगाडि भनेको छ, “बैंकको पासवर्ड वा खाता सम्बन्धी र अन्य संवेदनशील जानकारी परिवार, आफन्त वा साथीहरूलाई समेत उपलब्ध नगराउन र जानकारी नदिनको लागि पनि हाम्रो अनुरोध छ ।“

त्यस्तै बैंकको नाम लिएर मोबाइलमा आएको ओटीपी कोड वा अन्य जानकारी माग्ने गरिएको भए खबर गर्न समेत भनिएको छ ।

बैंकले ईमेल वा फोनमार्फत प्रयोगकर्ताको पासवर्ड वा अन्य गोप्य राख्नुपर्ने जानकारीहरू नसोध्ने भएकाले बैंकको नाम लिएर मोबाइल वा ईमेलमा आएको कोड कसैले मागेको खण्डमा उपलब्ध गराउनु हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*