दुई बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । दुई ओटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माछापुच्छ्रे बैंक र नबिल बैंकको खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा एक जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
सुन्दर हरैचा नगरपालिका विराट चोकमा रहेका नबिल बैंक र माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रकम निकालेको आरोपमा सोही ठाउँ बस्ने ३६ वर्षीय देवराज सिक्देललाई प्रहरीले पक्राउ गरेको हो ।
सुन्दर हरैचा नगरपालिका–४ दुलारी स्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रालिका एकाउन्टेन्ट समेत रहेका सिक्देलले सोही फर्मका सञ्चालकको नबिल बैंक शाखा कार्यालय विराट चोकमा रहेको बैंक खाताको पासवर्ड ह्याक गरी विभिन्न मितिमा २८ हजार १०० रुपैयाँ निकालेको बताइएको छ ।
त्यस्तै सोही फर्मका सञ्चालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराट चोकमा रहेको खाताबाट बिभिन्न मितिमा ६६ हजार ८०० रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सिक्देल उपर इलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।