प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम १३० रुपैयाँमा जोकोहिले आवेदन पाउने

३ जेष्ठ २०८०, बुधबार ०९:५६

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले आज (जेठ ३ गते) देखि संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैकले सो शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने बैकले जनाएको छ ।

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

उक्त लिलामीमा जेठ १७ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*