सनराइज बैंकद्वारा धनगढीमा विभिन्न संस्थालाई सहयोग

३ जेष्ठ २०८०, बुधबार १०:१५

काठमाण्डौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ ।  धनगढीमा आयोजित एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले उक्त शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधि ओझालाई ती सामग्री हस्तान्तरण गरेका हुन ।

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि ती सामग्रीले मद्दत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । सोही दिन आयोजित अर्को एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका छन् । सर्वसाधारणलाई फोहोर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको नायब महाप्रबन्धक नेपालले जानकारी दिए ।

यसका साथै धनगढी उपमहानगरपालिकाका मेयर हमालले सनराइज बैंकका उक्त सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यवाद प्रकट गरे । यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्ट्यान्डसमेत बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*