दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा लाभांश जम्मा
३ जेष्ठ २०८०, बुधबार १०:५८
काठमाडौं । थप दुई कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । आशा लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस शेयर र आशा लघुवित्तले १४.२८५७ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरको हितग्राही खातामा जम्मा गरिदिएको हो । बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीहरुको डिम्याट खातामा लाभांश पठाएको कम्पनीले जनाएको छ ।