उन्नती सहकार्य लघुवित्तको वित्तीय विवरणमा दुर्गती, खुद नाफा र इपीएस दुबै ऋणात्मक

३ जेष्ठ २०८०, बुधबार ११:१५

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था ४ करोड ४७ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाले साढे ४ करोड नोक्सान बेहोर्न पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्म संस्थाले ३ करोड ७९ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको नौ महिनासम्ममा संस्थाको संचालन मुनाफा समेत ४ करोड ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । साथै गत आवमा १६ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिसम्म सम्मा ११ करोड ३२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसकारण पनि संस्थाको नाफा प्रभावित बन्न पुगेको हो ।

गत वर्षमा ९ लाख ९३ हजार रुपैयाँ मात्रै रहेको संस्थाको इम्पेयरमेन्ट चार्ज समेत बढेर यस अवधिसम्म ३ करोड २८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यसकारण पनि संस्थाको नाफा घट्न पुगेको हो ।

२२ करोड ९० लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको जगेडा कोषमा ५ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाले सो अवधिसम्म एक अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन र ३ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी समेत १४.६६ रुपैयाँ ऋणात्मक रहेको छ । साथै कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा रहेको छ । संस्थाको खराब कर्जा ४.८२ प्रतिशतबाट बढेर १३.४७ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*