तीन वाणिज्य बैंकको शेयर उच्च खरिद माग

३ जेष्ठ २०८०, बुधबार १४:१४

काठमाडौं । साताको चौथो दिन धितोपत्र दोस्रो बजारमा तीन वाणिज्य बैंकको शेयर उच्च खरिद माग गरिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक र एनआइसी एशिया बैंकको धितोपत्र उच्च खरिद माग गरिएको हो ।

यो समाचार तयार पार्दासम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर २८ जनाले २ लाख ४ हजार भन्दा बढी कित्ताका लागि माग गरिएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको शेयर १० जनाले १ लाख २८ हजार भन्दा बढी कित्ता र एनआइसी एशिया बैंकको शेयर १३ जनाले एक लाख ४० हजार कित्ता शेयर खरिद माग गरिएको छ ।

पछिल्ला केही दिनयता शेयरबजारमा वाणिज्य बैंकहरुको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढ्दै गइरहेको छ । आज पनि यी तीन वाणिज्य बैंकको शेयर उच्च खरिद माग गरिएको नेप्सेको प्लोरसिटमा देखिएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य शुन्य दशमलव ३३ प्रतिशतले बढेर १८० रुपैयाँ १० पैसा शेयरमूल्य पुगेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको शेयरमूल्य १.६० प्रतिशतले बढेर ३१८ रुपैयाँ शेयरमूल्य पुगेको छ भने एनआइसी एशिया बैंकको १.१६ प्रतिशतले बढेर शेयरमूल्य ६८९ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*