इन्फिनिटी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

३ जेष्ठ २०८०, बुधबार १६:०५

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको मुनाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो ।

गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको नाफामा ८८.३२ प्रतिशतको संकुचन आएको छ ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १४.०४ प्रतिशत पुगेको छ । गत वर्ष एनपीएल ३.६९ प्रतिशत थियो । खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर ५ करोड ६५ रुपैयाँ भएको छ । यसकारण पनि लघुवित्तको मुनाफा प्रभावित बन्न पुगेको हो ।

साथै यस अवधिसम्म संस्थाको संचालन मुनाफा ८८.८४ प्रतिशतले घटेर १ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १६ करोड ९० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २४.१९ प्रतिशतले घटेर १९ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २५ करोड ४७ लाख रुपैयाँ थियो ।

४९ करोड ७४ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा संस्थाको रिजर्भको आकार ९.१२ प्रतिशतले बढेर १५ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १५ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.७० रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस ३१.७३ रुपैयाँ थियो। पीई रेसियो २२१.०६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३६.११ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*