राष्ट्र बैंकबाट बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने, बैंकदरमा नै स्थायी तरलता सुविधा

काठमाडौं । राष्ट्र बैंकले अब बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले अब साढे ७ प्रतिशत ब्याजदरमा नै स्थायी तरलता सुविधा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंकदरलाई साढे सात प्रतिशतमा झारेको छ। बैंकहरुले बैंकदरमा नै स्थायी तरलता सुविधा उपयोग गर्न पाउछन्।
यसअघि बैंकहरुले साढे ८ प्रतिशत ब्याज तिरेर स्थायी तरलता सुविधा लिँदै आएका थिए। राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदर घटेसँगै बैंकहरुको ब्याज खर्च घट्ने छ।