एनआइसी एशिया बैंकले गैर बैंकिङ्ग सम्पति लिलाम गर्दै

४ जेष्ठ २०८०, बिहीबार ०९:२५

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

बैंकले आफ्नो नाममा दर्ता कायम रहेको रुपन्देही र धनकुटा लगायतका ठाँउको जग्गा बिक्रीमा ल्याएको छ । बैंकका अनुसार सो गैर बैकिङ्ग सम्पति जहाँ जे जस्तो अवस्था र परिणाममा गोप्य शिलवन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित मितिले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*