बिपिडब्लु लघुवित्तको अधिकांश सूचक ऋणात्मक

४ जेष्ठ २०८०, बिहीबार १०:२८

काठमाण्डौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका अधिकांश सूचकहरु ऋणात्मक रहेका छन् । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार संस्थाले ४९ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिसम्म संस्थाले २६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाले १ करोड २५ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन घाटा ६४ लाख ५६ हजार रुपैयाँ रहेको थियो । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि ५१.२२ प्रतिशतले घटेर ४६ लाख ६२ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ९५ लाख ५९ हजार रुपैयाँ थियो ।

संस्थाले तेस्रो त्रैमाससम्म १० करोड ८४ लाख रुपैयाँ सापटी लिई १८ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १३ करोड ३ लाख रुपैयाँ सापटी लिई २० करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.८८ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ ८७.६६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*