नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर घटाउने निर्णय

४ जेष्ठ २०८०, बिहीबार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ संशोधन गरेको छ । सशंोधित निर्देशिका अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको बैंकदर घटाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरिएको छ । यसअघि केन्द्रीय बैंकले कर्जा ब्याजदर ८.५ प्रतिशत कायम गरेको थियो ।

साथै केन्द्रीय बैंकले २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्तसम्म ३ महिनाको लागि म्याद थप गर्न सकिने भएको छ ।

 

Tin-Mahale-ABC-2023.5.15-V4.1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*