नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस शेयर सूचीकृत
४ जेष्ठ २०८०, बिहीबार १५:२५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।