अर्थतन्त्रमा देखिएका समस्याको सुधारको लागि सरकारको नीति तथा कार्यक्रममा के-के कुरा समेटिए ?

५ जेष्ठ २०८०, शुक्रबार १७:१५

काठमाडौं ।   सरकारले आगामी आर्थिक वर्ष २०८० र०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका छन् । सरकारले अर्थतन्त्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने जनाएको छ। नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मितव्यिता कायम गरिने, आर्थिक प्रशासनलाई पारदर्शी बनाइने बताए।

नीति तथा कार्यक्रमा अहिले देखिएको तरलता अभावको समस्या समाधान गर्ने तथा अर्थतन्त्रमा देखिएको समस्यालाई निराकरण गर्ने खालको नीति अवलवन गरिएको छ। अर्थतन्त्रमा देखिएका समस्या सुधारको लागि सरकारले गर्ने पहल सकारात्मक देखिएको छ।मानव विकास सूचाकाङ्कमा पछि परेका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी स्रोत साधन प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। संघ, प्रदेश र स्थानीय तहले गर्ने खर्चमा दोहोरोपन हटाइने बताइएको छ।

अर्थतन्त्रको समग्रमा आएको ह्रास, घट्दो राजस्व परिचालन, कमजोर पुँजी निर्माणको खर्चलाई सम्बोधन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
निजी क्षेत्र अर्थतन्त्रको मुख्य साझेदार हुने, मुलुकलाई आर्थिक रुपमा सवल बनाइने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

विदेशी लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गरिने उल्लेख गरिएको छ। राजस्वको दायरा वृद्धि गरिने समेत उल्लेख गरिएको छ।सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुतमा सम्बोधन गर्दैछन् ।
यस्तै, अर्थतन्त्रको समग्रमा आएको ह्रास, तरलताको संकुचन, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजश्व संकलन तथा बाह्य क्षेत्रमा परेको चापलाई समेत संबोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व बढाउने र यसबाट रोजगारी सृजना गर्ने लक्ष्य समेत सरकारले लिएको छ । सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।

यस्तै, विदेशी लगानीलाई बढाउन लगानीको वातावरण सुधार गर्नुका साथै राजश्व प्रणालीलाई सुधार गर्दै अघि बढ्ने समेत राष्ट्रपति पौडेलले घोषणा गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*