अभियान लघुवित्तले खुलायो रोजगारको अवसर, प्लस टु उत्तिर्णलाई समेत अवसर
७ जेष्ठ २०८०, आईतवार ११:२८
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ६ पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ । यसका साथै, संस्थाले सुपरभाईजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थि लगायतका पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि व्यवस्थापनमा स्नातत्तक तह उत्तिर्ण गरेको हनुपर्ने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://www.aviyanlaghubitta.com/career/ मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।